सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा, दुई उपसचिव सहसचिवमा बढुवा

काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद बैठकले तीन निजामती कर्मचारीको बढुवा गरेको छ । सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् ।

यस्तै सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गरेको कार्कीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्