काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधारको प्रयास थालेका छन् । सरकारप्रति खरो आलोचनामा उत्रिएका ओलीसँगको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री देउवाले आफ्ना विस्वासपात्र समेत रहेका कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँग भेट्न पठाएका छन् ।
मंगलबार बेलुका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका कार्कीले ओलीसँग आधा घण्टा भेटवार्ता गरेका थिए । ‘समसामयिक विषयमा कुराकानी भयो, प्रधानमन्त्रीज्यु सकभर प्रमुख प्रतिपक्षसँगको पनि विश्वास जित्ने र मुलुकका प्राथमिकताका सवालमा सहकार्य गर्ने पक्षमा हुनुहुन्छ । सोही क्रममा भेटवार्ता भएको हो’, ओलीसँगको भेटवार्ताबारे कार्कीको भनाइ छ ।