प्रदेश–१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य एकीकृत समाजवादीमा जाने

काठमाडौँ – प्रदेश–१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जनाएका छन् ।

आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्दै छन् । यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन् । ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन् ।

सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित ५१ सांसद थिए । तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएकी छन् र उनी अहिले फरार सूचीमा छन् । १० सांसदले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन् । विपक्षी गठबन्धनमा भने अहिले नै कांग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्