नेपाली काँग्रेस दार्चुलाको वडा अधिवेशन सारियो, २२ गते गर्ने जिल्ला कार्यसमितिको निर्णय

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले वडा अधिवेशन सारेको छ । मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडा अधिवेशन सार्ने निर्णय गरेको हो । दार्चुलाका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन कष्टकर भइरहेकाले वडा अधिबेशन सारिएको एक नेताले बताए । उनका अनुसार वडा अधिवेशन यहि भदौ २२ गते हुनेछ । यसअघि केन्द्रीय कार्यसमितिले देशभरका वडाहरुमा भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । यससँगै शैल्यशिखर नगरपालिका प्रमुख तथा नेपाली काँग्रेस जिल्ला उपसभापति अमरसिंह धामीले १४औँ महाधिवेशनका लागि जिल्ला सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्