काठमाडौँ – समाजवादी युवा संघले अविरल वर्षाका कारण भएको जनधनको क्षतिपूर्ति राहत र उद्दार गर्न तथा जय सिंह धामी प्रकरणको सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न सरकार संग गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो माग गरको हो । संघका महासचिव जितेन्द्र महाराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘पहाडका बिभिन्न जिल्लाहरु र तराई मधेसका जिल्लाहरुमा अविरल वर्षाका कारण आएको भीषण बाढि पहिरो र डुबानले गर्दा भएको जनधनको क्षतिप्रति संगठनको गम्भिर ध्यानआकर्षण भएको छ। दार्चुला जिल्लाका जय सिंह धामि प्रकरण सम्बन्धि प्रतिवेदन तत्काल सार्वजनिक गर्न संगठन सरकार संग माग गर्दछ साथै दार्चुला जिल्लामा बाढि पहिरोका कारण भएको व्यापक धनजनको क्षतिको तथ्य यकिन गरि क्षतिपुर्तिको व्यवस्थागर्नपनि सरकार संग माग गर्दछौ। बाढिका कारण देशमा ज्यान गुमाएका परिवारहरु प्रति गहिरो सम्बेदना र सहानुभुति प्रकट गर्दै बर्षेने हुने जनधनको क्षतिको स्थायी समाधान खोज्न तथा तत्काल राहत उद्धार र क्षतिपुर्तिको कार्य प्रारम्भ गर्न सरकार संग जोडदार माग गर्दछौ।’