काठमाण्डौ – लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडाैँसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि अवरुद्ध भएको छ ।
आज बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएपछी पुन: सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ ।
सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् । हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो ।