दार्चुलाको निजाङ्ग खोलामा ठुलो बाढी, उद्धार तथा राहत कार्यमा जुट्न संघीय सांसद बडुको अपिल

फाइल फोटो

काठमाडाैँ – दार्चुला जिल्लाको निजाङ्ग खोलामा गएराती ठुलो बाढी आएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमाना भएर बग्ने उक्त निजाङ्ग खोलामा हिजो आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु, घर बगाउनुका साथै अन्य क्षति भएको छ ।

यस विषयमा संघीय सांसद तथा नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडुले समेत दुःख व्यक्त गरेका छन् । उहाँले भन्नुभएको छ “उद्दार र राहत कार्यका निमित्त स्थानीय, प्रदेश र संघीय सरकार तत्काल क्रियाशील बनोस गम्भीर ध्यानाकर्षण गराउँदछु। स्वस्फूर्त रुपमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला स्थित पार्टीका सम्पूर्ण स्थानीय नेता, कार्यकर्ता तथा भातृ संघ–संस्थाहरुलाई हार्दिक आग्रह गर्दछु ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्