कञ्चनपुरको भाइरल रोडमा अत्यावश्यक कार्यबाहेक हिँडडुल गर्न आजदेखि निषेध

कञ्चनपुर-  भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधीन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ ।

अन्य सवारी साधन आवतजावत गर्न र अनावश्यक हिँडडुल गर्नमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निषेध गरिएको छ । अनावश्यक रुपमा सडक क्षेत्रमा लाग्ने भीडका कारण सडक र पुलमा काम गर्ने मजदुरमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावनालाई ध्यान दिँदै हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताउनुभयो ।

पहुँच मार्ग हाल महाकाली भाइरल रोडका नामले परिचित छ । दैनिक सडक क्षेत्रमा सयौंको सङ्ख्यामा टिकटक बनाउने, भिडियो फोटो खिच्ने व्यक्ति पुग्छन् । सडक क्षेत्रमै झैझगडा गर्ने, निर्माण कार्यमा प्रयुक्त गाडी तथा सवारी साधनलाई बाटो नछाड्ने, निर्माणस्थलमा पसल खोलेर बस्ने, विद्युतका खम्बामा चढ्ने, निर्माणस्थलमा अनुमति विना स्टिकर टाँस्ने, निर्माण भैरहेका संरचना बिगार्नेलगायतका कार्य हुन थालेपछि पहुँच मार्गको आवतजावतमा निषेध गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्