इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनायो

काठमाण्डौ – इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ ।

३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय ब्याटिङ गर्दै चेतेश्वर पुजाराको अविजित ९१ तथा कप्तान विराट कोहलीको ४५ रनले भारत खेलमा सम्हालिएको हो ।

तर, तेस्रो दिनको समाप्तिसम्ममा भारत अझै १ सय ३९ रनले पछि परेको छ । इङ्ग्ल्यान्डले पहिलो पारीमा चार सय ३२ रन बनाएको थियो । इङ्ग्ल्यान्डका कप्तान जोय रुटले शतक बनाएका छन् । यो श्रृङ्खलामा रुटले लगातार तेस्रो शतक बनाएका हुन् ।

पहिलो पारीमा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । पाँच खेलको श्रृङ्खलामा भारत १–० ले अघि छ । वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्