काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार सम्ममा १७ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार १७ लाख १८ हजार ६६३ जना आवेदकले २ अर्ब २८ करोड रूपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३०.६४ गुणा बढी हो ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ ।