इङ्ग्लिस प्रिमियर लिगमा वेष्ट ह्यामले लेस्टर सिटीलाई ४–१ ले हरायो

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामले लेस्टर सिटीलाई हराएको छ । लण्डन स्टेडियममा आज बिहान भएको खेलमा वेष्ट ह्याम युनाइटेडले सिटीलाई ४–१ ले हराएको हो ।

वेस्ट ह्यामका मिचेल एन्टेनियोले दुई तथा पाब्लो फोर्नास र सेड बेनरहमाले एक÷एक गोल गरे । लेस्टरका युरी टिलेमान्सले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा एयोजी पेरेज रातो कार्ड पाएर बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटिएको थियो ।

यो सिजनको पहिलो खेलमा वेष्ट ह्यामले न्युक्यासल युनाइटेडलाई तथा लेस्टरले वुल्भ्सलाई हराएको थियो । वेष्ट ह्याम दुई खेलमा ६ अङ्क जोडेर अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ। चेल्सी, लिभरपुल, ब्राइटन र टोटनह्यामको पनि ६ अङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्