काठमाडाैँ – सुदूरपश्चिमका दर्जनौँ कलाकारको सामुहिक स्वरमा रहेको जन्मभूमि गीत सार्वजनिक भएको छ । श्रीकोटि मिडियाको प्रस्तुतीमा रहेको माधव विष्ट कैलाशको देउडा गीत (झोडा) जन्मभूमि गीत सार्वजनिक भएको हो ।
माधव विष्टको शब्द संगीत रहेको उक्त गीतमा चर्चित गायक भोजराज भट्ट, मनोहर परियार, माधव विष्ट, जनक महरा, भानुभक्त जोशी, महेन्द्र शाही, सुरेश शाही, किरन सिँह थापा, भुवन प्रकाश बडु, धानी महरा र राजिप अनुपमको स्वर रहेको छ । यस्तै गायिका रेखा जोशी, कल्पना बिसी, पुष्पा बोहरा, दिपा रोकाया, मही बडु, निरुता खत्री, भावना चन्द, धाना जोशी, लक्ष्मी आचार्य, माया बडु, स्मृति शाही, पार्वती बम, आशा शाही र धनमाया बडुको सामुहिक स्वर रहेको छ ।
संगीत एरेन्जमा भुवन प्रकाश बडु रहनुभएको उक्त गीत बीग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको हो । दोगडाकेदारलाई समेटेर उक्त गीत तयार पारिएको छ ।