नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोटमा, ओलीसँग वार्ता हुँदै

काडमाडौँ – नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् ।

ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुगेका छन् ।

नेपाललाई साथ नदिएका नेताले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न ओलीलाई समय दिएका छन् ।

उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन् ।

बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्