मानुषी लघुबित्तको आइपीओ बाँडफाँड, ३ जनाले पाए ११ कित्ता, नतिजा यसरी हेर्न सकिन्छ

काठमाडाैँ –  मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले शेयर बाँडफाँट  गरेको हो ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण गरेको हो ।

जसमा ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाए । माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतको हात खाली भएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

मेरो सेयरबाट हेर्न

नेपाल एसबीआई मर्चेन्ट बैंकिङकाे वेभसाइट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्