विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।

यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त विधानको मस्यौदा तयार गरेको थियो । सङ्घीयतानुकूल बनाइएको मस्यादौमा पार्टीमा केन्द्रीय कमिटीको सङ्ख्या समावेशिताका आधारमा दुई सय २५ कायम गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिन्हलाई सूर्यभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने, जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झन्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ ।

विधानलाई अन्तिम रुप दिने सन्दर्भमा पार्टी केन्द्रको निर्देशनबमोजिम सुझाव सङ्कलनका लागि प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारी÷सदस्य, स्थानीय कमिटीका पदाधिकारी÷सदस्य, जनसङ्गठनका केन्द्रीय सदस्य÷ जिल्ला पदाधिकारी÷सदस्यलगायत इच्छुक पार्टी सदस्यलाई सम्बन्धित कमिटीले आग्रह गरेको छ । सो पार्टीले विधान महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्