आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७/७८ मा रू ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस बराबरको रेमिट्यान्स पठाएका हुन् ।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आवमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको छ ।