इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात

काठमाण्डौ – भारतका लागि केएल राहुलले शतकीय पारी खेलेसँगै इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।

राहुलले १ सय २७ रन बनाए थिए । यस्तै भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए । इङ्ग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए ।

पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्