काठमाडौँ – कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड ।
छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार । यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड ।
यही भीर भएर कालीगण्डकीको दक्षिण पश्चिमतर्फ पाखो र कालीतिरमा अहिले मानव विचरण बढ्दो छ । लाग्थ्यो, भीर कहिलै कसैको रोजाइँ पर्दैन ।
पहिले घाँस दाउराका लागिसमेत नजिक पर्न नसकिने भीर अहिले साहसिक घुमघामको थलो बनेको छ । बाँदर दौडिन पनि नसक्ने भीरमा धमाधम संरचना बनेका छन् । तिनै संरचनाले आन्तरिक पर्यटक लोभ्याइरहेका छन् ।