हेलम्बु पहिरोको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली मेलम्चीघ्याङ पुग्यो

काठमाडौं – मेलम्चीमा गएको भेलबाढीको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली मेलम्ची ध्याङ आइपुगको छ । मौसम प्रतिकूल भएकाले मेलम्ची नगरपालिकाले पूजाका लागि लामाहरु भेमाथाङ पठाएको हेलिकोप्टरमा लिफ्ट मागेर सो टोली मेलम्ची माथिको अन्तिम मानवबस्ती रहेको स्थान मेलम्ची घ्याङमा आइपुगेको र काठमाडौ आउन नेपाली सेनाको हेलिकोप्टरको प्रतीक्षामा रहेको खानी विभागका भूगर्भविद शिब बास्कोटाले बताए ।

माथि मौमस निकै प्रतिकुल भएकाले आफूहरु लिफ्ट मागेर आउनु परेको बताए । सोही टोलीमा गएका गाइड सोनाम लामाले पनि मौसम प्रतिकुल भएको र हेलिकोप्टरबाट लिफ्ट मागेर आफूहरु तल झर्न सफल भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्