लोक सेवा आयोगका कुनै पनि परीक्षाहरु स्थगित नहुने

काठमाडौं – लोकसेवा आयोगले कुनै पनि परीक्षा अब स्थगित नहुने जनाएको छ । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जानकारी दिएकोहो । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने बताएको हो ।

तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने आयोगको भनाई छ । आयोगले आ.व. २०७६–०७७ र आ.व. २०७७–०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्