काठमाडौँ – मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार विहान ९ बजे बाँडफाँड गर्न लागेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् ।
त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।