काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।
क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्द्रित रहेर छलफल गरी आवश्यक रणनीति बनाइने एक जिल्ला सभापतिले बताए ।
यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।
यो पनि पढ्नुहोस्
देउवाले वारम्वार सत्ता सम्हाल्नु देशकै लागि विडम्बना : रामचन्द्र पौडेल