राष्ट्रपति भण्डारीसामु भीम रावलको हारगुहार, बालकोट पुगेर ओलीलाई पनि भेटे रावलले

काठमाडौं – पछिल्लो समय एमालेभित्र विवाद सामाधान हुनेको सट्टा झन चर्किदै गएको छ । केहि नेताहरु यसलाई सामाधान गर्नेतर्फ लागिपरेका छन् भने केहि नेताहरु नयाँ पार्टीको तयारीमा समेत जुटेका छन् ।
यहि विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन्। उनले राष्ट्रपतिसँग करिब तीन घण्टा छलफल गरेका थिए।

स्रोतका अनुसार रावलले विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली नै बढी जिम्मेवार हुनुपर्नेमा कार्यदलबाट लगेको प्रस्तावसमेत अस्वीकार गर्ने परिस्थिति बनेको गुनासो गरेका थिए ।

ती नेताका अनुसार नेकपा एमाले टुक्रिए वाम आन्दोलन छिन्नभिन्न हुनेमा राष्ट्रपति भण्डारी र रावल सहमत भएका थिए। भेटमा राष्ट्रपति भण्डारीले पनि रावललाई पार्टी एकताकै पक्षमा निरन्तर प्रयास गर्न आग्रह गरेकी थिइन ्। उनले आफूले पनि भूमिका निर्वाह गर्ने वचन दिएकी थिइन्।

राष्ट्रपति भण्डारीसँग भेटघाट गरेपछि रावल ओलीलाई भेट्न बालकोट पुगेका थिए । बालकोटमा उनले आइतबारको केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गरेका थिए । ओली बैठक सार्न सहमत भए पनि अन्य विषयमा भने सहमत भएका थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्