देउवाले वारम्वार सत्ता सम्हाल्नु देशकै लागि विडम्बना : रामचन्द्र पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवाले सत्ता सम्हाल्नु देशकै लागि विडम्बना भएको बताएका छन् ।

नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाएका छन् ।

नेपाली काँग्रेसको महाधिवेशन हरेक ४ वर्षमा गरिसक्नु पर्ने भएपनि नेतृत्वको चरम लापरवाही र असफलता भएको पौडेलले बताएका छन् । उनले यसै प्रसंगलाई जोडेर देउवाले बारम्बार देशको नेतृत्व लिनु देशकै लागि विडम्बना भएको बताएका हुन् ।

नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पु¥याएको उनको टिप्पणी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्