कक्षा १२ को परीक्षा गर्दा १५ दिन अगाडी सूचना दिइने

काठमाडौँ – यहि साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । परीक्षा स्थगित गरिएपनि अब कहिले हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन ।

अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गरिने बोर्डले जानकारी दिएको छ ।

बोर्डको शनिबारको बैठकले कक्षा १२ को परीक्षा हाललाई स्थगित गरेको थियो । साथै बोर्डले कोरोनाले गर्दा तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकेकोमा दुःख व्यक्तसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्