काठमाण्डौ – जापानमा जारी ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले पराजित गर्दै ब्राजिलले उपाधि (स्वर्णपदक) जितेको हो ।
ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एक÷एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टी ब्राजिलले सदुपयोग गर्न सकेको थिएन । तर पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले अग्रता लिन सफल भयो । ६१ औं मिनेटमा स्पेनले गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १÷१ को बराबरीमा सकियो ।
अतिरिक्त समयको १ सय ८ औं मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाउन सफल भए ।