विद्यालयले सिम्बोल नम्बर उपलब्ध नगराउदा विद्यार्थी नतिजा हेर्नबाट बञ्चित

काठमाडाैँ – नेपालमा कोभिड–१९ को महामारीका कारण एसईईको परीक्षा हुन सकेन् । यस बर्ष पनि कक्षा १० को एसईई परीक्षालाई आन्तरिक मूल्याकंनका आधारमा प्राप्ताङ्क दिने निर्णय भयो । सोही अनुरुप विद्यालयहरुले विद्यार्थीको नतिजा आन्तरिक मूल्याकंनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पेश गरेपछि सोहि अनुरुप परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको छ ।

माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक भएको हो । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
तर प्राप्ताङ्क विद्यालयले उपलब्ध गराएपनि अधिकांंश विद्यालयहरुले विद्यार्थीहरुलाई सिम्बोल नम्बर उपलब्ध नगराएको गुनासो आएको छ । यसबाट विद्यार्थीहरुले आज प्रकाशित भएको नतिजा हेर्न पाएनन् । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेपनि अधिकांश विद्यार्थीहरु आफ्नो नतिजा हेर्नबाट बञ्चित भएका छन् ।

विद्यार्थीहरुलाई नतिजा प्रकाशन प्रक्रियाबारे त्यति ज्ञान नभएको र विद्यालयले पनि विद्यार्थीहरुको सिम्बोल नम्बरबारे केहि जानकारी नदिएको विद्यार्थीहरुले गुनासो गरेका छन् । आफुहरु विद्यालयबाट नै नतिजा तथा प्राप्ताङ्क प्राप्त हुने हो कि भनेर विद्यालयसँग सिम्बोल नम्बर नमागेको र विद्यालयले पनि यस विषयमा कुनै जानकारी नदिएकोले अहिले नतिजा हेर्नबाट आफुहरु बञ्चित भएको बताएका छन् ।

शिक्षकहरुलाई सम्पर्क गरेर केहि विद्यार्थीहरुले नतिजा हेरेर आफुले प्राप्त गरेको नतिजा सहितको लब्धाङ्कपत्र सामाजिक सञ्जालमा पोष्ट समेत गरिसकेको र आफुहरु नतिजा कस्तो आएको रहेछ भनेर हेर्न आतुर भएको र शिक्षकहरुसँग सम्पर्क पनि नभएको बताउछन् । आज शनिवार भएर पनि शिक्षकहरु खासै सम्पर्कमा नआएको र विद्यालयमा गएर सोध्न पनि पछिल्लो समय विद्यालयहरु बन्द रहेको अवस्था छ । यसले विद्यार्थीहरुला अन्योल सृजना गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्