काठमाडौँ – अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुका लागि धेरै प्रकारका विकल्पहरूको विकास भएको छ । तर, पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै गर्भनिरोधका अस्थायी साधनहरु पाइन्छन् ।
हालै वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरेका छन् । जसले सजिल्यै पुरुषहरूले गर्भ बस्नबाट रोक्न सक्छन् । चीनका वैज्ञानिकहरुले पत्ता लगाएको उक्त विकल्प टिकाउ हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँछन् ।
अमेरिकाको विज्ञानसँग सम्बन्धित पत्रिका न्यानो लेटर्समा वैज्ञानिकहरुले बताए अनुसार उक्त साधनमा रिभर्सियल चुम्बकिय बायोडिग्रेडेबल न्यानोमेटेरियल विकासित गरिएको छ । यसले कम्तीमा ३० दिनसम्म गर्भ रहन दिँदैन । यसको परीक्षण मुसामा गरिएको थियो ।
वैज्ञानिकका अनुसार उच्च तापक्रममा शुक्रकिटको उत्पादन नहुने उक्त अनुसन्धानमा खुलेको छ । यसको परीक्षण मुसाको बाहिरी छालामा गरिएको थियो । यसअघि सबै अनुसन्धान उच्च तापक्रममा न्यानोमेटेरियलमा गरिएको थियो जसले गर्भाधान हुन नदिने खोप मुसालाई लगाइएको थियो । यो प्रक्रिया निकै पीडादायी थियो । यसले छालामा निकै नोक्सान पुर्याएको थियो । उक्त खोप न्यानोमेटेरियल बायोडिग्रेडेबल थिएन र प्राकृतिक रुपमा नष्ट हुने खालको पनि थिएन ।
नयाँ अनुसन्धानमा वैज्ञानिकहरुले उत्कृष्ट उपाय प्रयोग गरे । बायोडिग्रेडेबल आइरन अक्साइड न्यानोपार्टिकल्सका दुई रुपमा परीक्षण गरियो । यसलाई चुम्बकसँग लगाएर तातो पारियो । एउटा न्यानोपार्टिकलमा पोलिइथाइलीन ग्लाइकोल र दोस्रोमा साइट्रिक एसिडको लेप लगाएको थियो ।
वैज्ञानिकले पोलिइथाइलीन ग्लाइकोल न्यानोपार्टिललाई उच्च तापमानमा तातो बनाइन्छ । तर, साइट्रिक एसिडको तुलनामा यसलाई सजिल्यै खुम्चाउन, बङ्ग्याउन सकिदैन । आफ्नो प्रयोगका लागि वैज्ञानिकहरुले दुई दिनसम्म मुसालाई साइट्रिक एसिड लेपिएको न्यानोपार्टिकलको खोप दिए । यसपछि चुम्बक राखेर यसको प्रयोग गरियो । परीक्षण गरेपछि न्यानोपार्टिकलमा १५ मिनेटका लागि वैकल्पिक चुम्बक लगाइयो । र यसपछि १०४ डिग्रि फरेनहाइट तापक्रममा तातो पारियो ।
अनुसन्धानकर्ताका अनुसार यसपछि मुसाको शुक्रकिट ३० दिनसम्मका लागि संकुचित भयो । यसपछि विस्तारै विस्तारै शुक्रकीटको उत्पादन सुरु भयो । यो प्रयोगको सातौँ दिन पोथी मुसाको गर्भाधान रोकियो ।
वैज्ञानिकका अनुसार न्यानोपार्टिकल्स कोशिकाहरुका लागि हानिकारक छैन । यो शरीरबाट सजिल्यै बाहिर निस्किन सक्छ । अनुसन्धानकर्ताहरुले यसको प्रयोग उत्साहजनक हुने बताएका छन् ।