काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा विहान ११ बजे बैठक बोलाइएको छ ।
बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको हो । ओलीले माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् ।