हुम्ला – सडक यातायात नजोडिएको हुम्लामा प्याजको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगन्ज तथा सुर्खेतबाट महँगो हवाइ ढुवानी भएर आउने भएपछि प्याजको मूल्य आकाशिएको खबर गोरखापत्र दैनिकमा छापिएको छ ।
सीमकोट बजारमा प्याज प्रतिकिलो तीन सय रुपैयाँ तिरेर उपभोग गर्नु परिरहेको सीमकोट बजारकी गृहिणी मधु बस्नेतले बताइन् ।
प्याजको मुल्य ३०० रुपयाँ प्रतिकिलो
