दार्चुलामा भएको घटनाको सत्यतथ्य छानवीन गर्न सांसद ठगुन्नाको माग

काठमाडौँ – दार्चुलाको व्यास गाउँमापलिका –२ मा भएको घटनाको छानवीन गर्न दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले माग गरेका छन् । शुक्रबार सांसद ठगुन्नाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले लेखेका छन्, ‘दार्चुला जिल्ला ब्याँस गाँउपालिका वा.नं. २ मालघाट मा महाकाली नदी तर्दा ब्याँस गा.पा. वा.नं. २ निवासी जयसिंह धामी महाकाली नदीमा परि बेपत्ता भएका छन् । घटना सम्बन्धमा भारतीय SSB को संलग्नता बारे विभिन्न समाचारहरुमा आईरहेकोले अभिलम्ब नेपाल सरकारले भारतीय पक्षसँग समन्वय गरि सत्यतथ्य छानबिन गरि दोषि माथि कार्वाहीको लागि जोरदार माग गर्दछु ।’

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्