थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा ‍जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५५६, कास्कीमा ३३३, झापामा २३६, ललितपुरमा १८७, सुनसरीमा १७० जना र मकवानपुरमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा ८२, भक्तपुरमा ७६, सुर्खेतमा ७१, नवलपरासी पुर्वमा ५८, रुपन्देहीमा ५७, मोरङमा ४२, गोरखामा ४०, नुवाकोटमा ३३, स्याङ्जामा २६ जनामा कोरोना संक्रमण देखिएको छ । पाल्पा र कैलालीमा २४÷२४ जना, काभ्रेपलाञ्चोकमा २२, महोत्तरी र तनहुँमा १९÷१९ जना, धनकुटामा १७, अर्घाखाँची र जुम्लामा १६÷१६ जना, धादिङमा १४, रौतहट र बाँकेमा १३÷१३ जना, नवलपरासी पश्‍चिममा १२, इलाम र रामेछापमा ११÷११ जना तथा म्‍याग्दी, लमजुङ, गुल्मी र दाङमा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्