काठमाडौं – साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पाँच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ ।
त्यसपछि बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत सेयर आईपीओमार्फत बिक्री गर्न लागेको हो । आईपीओमा साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आईपीओ बिक्री नभएर भदौ २ गतेसम्म आवेदन दिने म्याद छ । निवेदकले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।