टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाण्डौ – टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ ।

जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गरी ६ पदक जितेको छ । यस्तै, अमेरिका चार स्वर्णसहित १० वटा पदक जितेर तेस्रो स्थानमा छ ।

दक्षिण कोरियाले दुई स्वर्णसहित पाँच पदक जितेको छ भने रसियन ओलम्पिक कमिटी, इटली, अस्ट्रेलिया, फ्रान्स, हङ्गेरी, ट्युनिसियाले एक/एक स्वर्ण जितेका छन् । त्यसैगरी अस्ट्रिया, इक्वेडर,इरान, कोशोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले पनि एक÷एक स्वर्ण पदक जितेका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएकामा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्