काठमाडौँ – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन् ।
आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका छन् । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएका थिए ।
देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए । उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन् ।
आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ । मंगलबार क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो ।
एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ । दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पु¥याउने कार्यक्रम रहेको बस्नेतले बताए ।
साथै कौशलटारदेखि बालकोटसम्म जनताले ओलीलाई स्वागत गर्ने कार्यक्रम रहेको पनि उनको भनाइ छ ।
सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए ।