काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।