काठमाण्डौ – राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरेकिहुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८÷०३÷२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन गरेकी हुन् । यसअघि राष्ट्रिय सभाले भोलि मङ्गलबार दिउँसो ३ बजेका लागि अर्को बैठकको तय गरेको थियो ।