भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गयो

काठमाण्डाै – भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गएको छ । उत्तराखण्डको बागेश्वर जिल्लामा भारी वर्षा पछि पहिरो जाँदा एउटा घर भत्किएको छ । घर भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । यस्तै, राजस्थानको कोटा जिल्लामा चट्याङ्ग लागेर चार जनाको ज्यान गएको छ ।

यस्तै,  धौलपुरमा पनि चट्याङ्ग लाग्दा तीन जना बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका केही ठाउँमा केही दिनयता लगातारजसो मेघगर्जनसहित पानी परिरहेको खबरमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्