ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको उपाधि जित्न सफल

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।

अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टीमा हराएर फाइनल पुगेको थियो भने ब्राजिलले पेरुलाई हराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्