प्रधानमन्त्री ओली बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु पुगे, मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन् ।

प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् । यसपछि उनी मेलम्ची क्षेत्रमा जानेछन् ।

प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन सुरू भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्