पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाडाैं – पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै, तीनहजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसारका सबेभन्दा धेरै काठमाडौंमा २९२,  सुनसरीमा १७१,  मोरङ १०४, ललितपुरमा १०० जनामा कोरोना संक्रमण देखिएको छ । कास्कीमा ८३, नुवाकोटमा ५८, चितवनमा ५५,  सुर्खेतमा ४३,  सिन्धुपाल्चोकमा ३९, काभ्रेपलाञ्चोकमा ३६, भक्तपुरमा ३२ , तनहुँमा २९, झापामा २६ र धादिङमा २५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै रुपन्देहीमा १८,  लमजुङ र बागलुङमा १७/१७ जना,  स्याङजामा १५,  दाङमा १४, दोलखा र कैलालीमा १३/१३ जना,  उदयपुर, धनुषा र सप्तरीमा ११/११ जना, पाल्पामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

१० वर्ष मुनिका ५० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने  ११ देखि २० वर्ष उमेर समूहका ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार सात रहेको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा पाँच लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लाे २४ घण्टामा ३४ जना विरामी मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार नाै जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्