सिन्धुपाल्चोकको मेलम्ची लगायतका क्षेत्रमा भीषण बाढी, ८ जना भन्दा बढी बेपत्ता, उद्धारमा कठिनाइ

 सिन्धुपाल्चोक-  देशमा भित्रिएको मनसुनी प्रभावले परेको अविरल बर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । सिन्धुपाल्चोक जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । सिन्धुपाल्चोकका इन्द्रावती, सुनकोशी र ब्रम्हायणी लगाएतका नदीहरुमाआएको बाढी र आसपासको पहिरोले ठूलो क्षति गराएको स्थानीयले जानकारी दिएका छन् ।

हेलम्बु गाउँपालिकाको तिम्बु बजार स्थित बसपार्क सहितआसपासका बस्ती, मेलम्चि खानेपानीमुहान क्षेत्र र त्यस भन्दा तलतिरका तटिय क्षेत्रहरुमा बाढिले ठूलो क्षति गराएको छ। कतिपय मानिसहरु सम्पर्क बिहिन रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनु भएको छ । बाढीमा परी अहिले सम्म ८ जना बेपत्ता भएको स्थानीयहरुको भनाइ छ । हेलम्बुबाट सुरु भएको पहिरो र बाढिले नदि तटिय क्षेत्रका माछा सहितका कृषिफार्महरु बगाएको र बिभिन्न बस्तीका मानिसहरु भागदौड र बाढिको असरका कारण सम्पर्कमा आउन नसकेको स्थानीय बासिन्दाहरुले वताएका छन ।

उद्धारका लागि सुरक्षाकर्मिहरु परीचालन गरिएको छ । तर मौसमको प्रतिकुलताले सम्बन्धीत क्षेत्रमा जान नसकिएको हाम्रा समाचादाता नेत्र पौडेलले जनाएका छन् । उद्धार र खोजिका लागि नेपाली सेना, ससस्त्र तथा नेपाल प्रहरी र स्थानीयबासीहरु पहिरो स्थल आसपास पुगेका छन् । तिम्बु बजारका घरहरु बगेका छन् भने चनौटे र मेलम्चि लगाएतका ठूला बजारका खोला आसपासका घरहरु २ तलामाथिसम्म नदि र लेदो पसेको छ । मेलम्ची र इन्द्रावतीबीको पक्कि पुल बगाएको छ जसले गर्दा आवागमन ठप्प भएको छ।। यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरवहादुर तामाङ लगायत प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थलको निरीक्षणका लागि पुगेको छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गर्नु भएको हाम्रा सहकर्मी शिव पंगेनीले जनाएका छन् ।

नेपाल टेलिभिजनबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्