काठमाण्डौँको गोकर्णेश्वरमा गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । “कोभिड हामी सबैको शत्रु, सामुहिक रुपमा परास्त गरौँ” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिकाले अक्सिजन थेरापी सहितको अस्थायी आइसोलेशन सेन्टरको रुपमा गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा ल्याएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बताए ।
उनका अनुसार २५ बेडको आइसोलेसन सहितको अस्पताल स्थापना भएको छ । लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रीक ३२५ एवान तथा राष्ट्रिय शहीद तथा शान्तिपार्क र निजामती स्मारक (यज्ञडोल) जगडोल सामुदायिक वन साझेदारी संस्थाको रुपमा रहेका छन् ।
पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिंगो मुलुक नै आक्रान्त भइरहेको बेला त्यसमा संघीय राजधानीमा रहेको गोकर्णेश्वर पनि अछुतो रहन सकेको छैन । यसै कुरालाई मध्यनजर गर्दै उक्त अस्पताल स्थापना गरेको हो । स्वाथ्यमा पहुँच बृद्धि गर्न तथा कोभिड उपचारमा गोकर्णवासीलाई सहज होस् भन्ने उद्देश्यले स्थापना गरेको मेयर चालिषेले बताए ।