कञ्चनपुरको शुक्लाफाँटामा रहेको शुक्लाफाँटा युथ नेटवर्कले सहयोग संकलन गरेर आवश्यक परेकाहरुलाई उपचार र उद्धार कार्यमा सहयोग गरिरहेको छ । यसैबीच शुक्लाफाँटा युथ नेटवर्कको आग्रहमा शुक्लाफाँटा नगरपालिका कोरिया ग्रुपले सहयोग संकलन गरेर युथ नेटवर्क लाई पठाएको छ । सु.प समाज दक्षिण कोरिया कञ्चनपुर संयोजक महेश भट्टको संयोजकत्वमा उक्त रकम विदेशबाट पठाइएको हो ।
संकलन गरिएको रकमको विवरण यसप्रकार छ :-
उनीहरुको यस सहयोगले कोरोना भाइरसका विरामीहरुलाई निःशुल्क अक्सिजन, औषधी लगायतका सेवा उपलब्ध गराउन ठूलो सहयोग पुग्ने युथ नेटवर्कले जनाएको छ । शुक्लाफाँटा युथ नेटवर्कले सहयोगबाट संकलित रकमबाट उपचार गराइरहेका बिरामीहरुलाई सहयोग गर्ने गरेको छ ।