काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा भेला गरेका छन् ।
भेलामा सहभागी एक सांसदका अनुसार १४ जना सहभागी भएका छन् । दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि राष्ट्रपतिले आजसम्मको समय दिएकाले ठाकुरले आफ्ना सांसद भक्तपुर लगेका हुन्। ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छन् । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीलाई हटाउने पक्षमा छन् ।