समाजसेवी सुनिल, बिकास र दिपक खत्रीको पहल : काठमाडौँमा निशुल्क खानाको आयोजना

काठमाडाैँ – युवा व्यावसायी तथा सुनिल क्यान्टिनका संचालक सुनिल शाहा, बिकास शाह र समाजसेवी दिपक खत्रीले राजधानी काठमाडौँमा निशुल्क खाना खुवाउने कार्यक्रमको आयोजना गरेका छन् ।

कोभिड–१९ को महामारीको चपेटामा परेका कुनै पनि नेपालीहरु भोकै बस्नु नपरोस भन्ने उद्देश्यका साथ क्यान्टिन व्यबसायी सुनिल शाहाले निःशुल्क खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिएका हुन ।

थापाथली स्थित नर्भिक अस्पतालको पछाडीको युएन पार्कमा असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा बेलुकाको खाना खुवाइएको हो । बेलुका ४ बजेदेखि सुरु गरिएको खाना वितरण कार्यक्रममा २५० भन्दा बढी व्यक्तिहरुलाई खाना, मास्क तथा खानेपानी वितरण गरिएको थियो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो लकडाउनको समयमा दैनिक ज्यालादारी काम गरेर जीवन चलाउँदै आएका मजदूर, मिर्गौला पीडित, पाटी पौवामा बस्ने असहाय मानिसहरु, बृद्ध बृद्धा लगाएत रोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै निःशुल्क खानेकुरा वितरण गरेका हुन् ।

निषेधाज्ञाको समयमा आर्थिक अभावका कारण कोही पनि भोको नरहुन् भन्ने उद्देश्यले निःशुल्क खाना वितरण सुरु गरिएको क्यान्टिन व्यबसायी सुनिल शाहाले बताए । अबको एक हप्तासम्म खाना वितरण गर्छौ । समाजसेवी दिपक खत्रीले उपहार खबरसँग भने “एक हप्तासम्म खाना वितरणलाई जारी राख्छौ र कोहि पनि भोकै बस्नु पर्दैन र यो हाम्रो समाजसेवा हो र यस्ता कार्यक्रम आयोजना गर्नु मानवीय धर्म समेत हो” ।
अब हरेका दिन बेलुका ४ बजेदेखि एक हप्तासम्म खाना वितरण गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्