काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत नपाएपछि उनको नेतृत्वको कम्युनिष्ट ससरकार ढलेको हो । यस्तै प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।