काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद बैठकलाई व्यङ्ग गर्दै संसदमा बोल्ने वक्ताहरुलाई अपराधीको संज्ञा दिएका छन् । सोमबार संसद बैठक चलिरहेकै बेला संयोजक मिश्रले सामाजिक संजाल फेसबुक मार्फत यस्तो बताएका हुन् । उनले लेखका छन् ‘एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा ’अपराधी’ले आर्को ’अपराधी’लाई पालैपालो ’अपराध’को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु। तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनि नै रहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला ?