काठमाडौं उपत्यकामा जेठ १० गतेसम्म निषेधाज्ञा थप्ने तयारी

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।
भोली बैठक बसेर औपचारिक निर्णय हुनेछ । कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।
संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको निर्णय गर्न सक्छन् । उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरिएको थियो । पहिले एक साताका लागी जारी गरिएको निषेधाज्ञाको समय यसअघि नै वैशाख २९ सम्म थपिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्