काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन गाह्रो हुने देखिएको छ । नेकपा एमालेले ह्वीप जारी गर्दै सबै सांसदलाई प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्न भनेको छ । तर यता नेता नेपाल पक्षले आज बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई आफूहरूका माग सम्बोधन गर्न समय दिएका छन् । गत फागुन २८ का निर्णयबाट पछि हट्दै ओली २०७५ जेठ २ को अवस्थामा पार्टीलाई पु¥याएर क्रियाशील बनाउनुपर्ने पक्षमा नेपाल पक्ष छ । यसैबीच नेता नेपालले ६ बुँदे पत्र लेख्दै आफूहरूले उठाएका माग पूरा नभए सामूहिक राजीनामा दिने बताएका छन् । संसदमा नेकपा एमालेका १२१ सांसद छन् । ओलीलाई बहुमत पु¥याउन १३६ सांसद चाहिन्छ ।